घर न घाटकोहुन म कसरी आउँ
सबकोसामु रुनम कसरी आउँ
जीवन दिन्छ्यौ ठानेकोथें सुपारी दियौ
तिम्रागोडाधुन मकसरी आउँ।
000
मह काड, हात चाटपैसो पनि आउँछ
गुन्द्री बुन, कुचो बाट पैसो पनि आउँछ
सितैमा मेरो कुराकाट्दै हिड्नु भन्दा
सैलुन खोल, कपाल काट पैसो पनि आउँछ।
000
रुनै पर्दैन जुनी जुनी काम बनिहाल्छ
तर्क गर हुनी नहुनी काम बनिहाल्छ
सरकारी काममा ढिलासुस्ती भयो भने
पैसा फाल्देउ टेबुलमुनी काम बनिहाल्छ।
किर्तिपुर, काठमाडौँ
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्