जहाँ गाह्रो त्यहिँ सारो झनझन साँघुरियो परिवेश
छुच्चा र लुच्चाको बोलबाला भो ,नैतिकता रहेन शेष
यौटा तप्का बाढी पहिरो र माहामारीमा डुबेको बेला
मौकामा चौका हान्दै,अर्को कमिसनमा रमाएको देश
000
रामको नाम रहिम जुर्यो रे हजुर
हरिले झन ह्यारी गर्यो रे हजुर
नयाँ लुगा फेरे झैं सजिलै सित
लाटो धर्मले त धर्मै फेर्यो रे हजुर।
000
बाइपँखी घोडा झैं महँगी अति उड्दो छ दिनदिन
लगाम छैन हातमा निमुखालाई मिच्दो छ दिनदिन
जालझेलको गमला भित्र नैतिकता बोन्साइ बने पछि
अहो१ लहरेपिपल झैं भ्रष्टाचार बढ्दो छ दिनदिन।
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्