काठमाडौं - बरिष्ठ दन्त रोग बिशेषज्ञ डा बुद्धिमान श्रेष्ठले आफ्नो पहिलो गीतले सफलता पाएपछि त्यसकै सिक्वेल ‘बैगुनी २’ सार्वजनिक गरेका छन् ।
यसअघि डा श्रेष्ठले गाएको ‘रेलले तान्यो र बैगुनी छौ भन्ने कस्ले जान्यो र’ बोलको गीतले चर्चा कमाएपछि डा श्रेष्ठको दोश्रो गीत ‘बैगुनी २’ ‘सितल छाँयालाई’ सार्बजनिक गरेका हुन् ।
बादल घिमिरेको शब्द संगीत रहेको गीतमा डा श्रेष्ठ र मेलिना राईको स्वर रहेको छ । म्युजिक भिडियोमा पछिल्लो समय चर्चाको शिखरमा रहेका नायक पल शाह र प्रियना आचार्य मुन्नीको अभिनय रहेको छ ।
यसअघि डा श्रेष्ठले गाएको ‘रेलले तान्यो र बैगुनी छौ भन्ने कस्ले जान्यो र’ बोलको गीतले युटुबमा ६६ लाख बढी भ्युअर पाईसकेको छ ।