मनिला– फिलिपिन्समा शनिबार बिहानै भूकम्प गएको छ । अक्सिडेन्टल मिन्डोरो प्रान्तमा ५.४ म्याग्नच्युडको भूकम्प गएको हो । फिलिपिन्सको भूगर्भसम्वन्धी कार्यालयले स्थानीय समयानुसार बिहान ४ः५ मा भूकम्प गएको जनाएको छ । लुक टाउनदेखि २१ किलोमिटर दक्षिणपूर्वी क्षेत्रमा केन्द्रबिन्दु भएर भूकम्प गएको अधिकारीहरुले जनाएका छन् ।
भूकम्पपछि कुनै मानवीय तथा भौतिक क्षतिको विवरणहरु भने प्राप्त भइनसकेको सरकारी अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार धेरै परकम्पनको सम्भावना रहे पनि आँधीको चेतावनी भने दिइएको छैन ।