ढाका– बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितमध्ये ७८.०५ व्यक्ति सङ्क्रमणमुक्त भएको स्वास्थ्य सेवा महानिर्देशनालयद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।
मुस्लिमबहुल यो मुलुकमा सङ्क्रमितमध्ये १.४६ प्रतिशत व्यक्तिको मृत्यु भएको छ । महानिर्देशनालयका अनुसार विगत २४ घण्टामा १ हजार २०९ थप व्यक्ति कोभिड–१९ सङ्क्रमित भएका छन् भने २३ जना सङ्क्रमितको मृत्यु भएको छ ।
शनिबारसम्म कुल ३ लाख ८७ हजार २९५ सङ्क्रमित भएका छन् भने ५ हजार ६४६ सङ्क्रमितको मृत्यु भएको छ । सरकारी तथ्याङ्कअनुसार बंगलादेशमा विगत २४ घण्टामा ११ हजार ५७३ व्यक्तिको कोभिड–१९ परीक्षण भएको छ ।
बंगलादेशमा जुलाई २ मा सबैभन्दा बढी ४ हजार १९ व्यक्ति सङ्क्रमित भएका थिए भने जुन ३० मा सबैभन्दा बढी ६४ व्यक्तिको मृत्यु भएको थियो ।