काठमाडौं - कारोना भाइरसको महामारीको बेला पनि ‘भाँडाकुटी’को टिमले भने चलचित्र बनाउने घोषणा गरेको छ ।
चलचित्रको निर्माण पक्षले ‘भाँडाकुटी’ नाम जुराउदै गत शनिबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरेर चलचित्र बनाउने निधो गरेको हो ।
बुलबुलबाट सबैको तारिफ पाएका मुकुन भुषाल र अभिनेत्री नायिका बेनिशा चलचित्रमा मुख्य भूमिका रहने बताइएको छ । चलचित्रको छायांकन भने फागुनबाट सुरु हुने छ ।
चलचित्रलाई किरण विकले निर्देशन र कलम खड्काले लगानी गर्नेछन् । सामाजिक परिस्थितिमा आधारित बैबाहिक परिवेशको कथा चलचित्रमा देख्न पाइने बताइएको छ ।