काठमाडौं - हिन्दु धर्मालम्बीको महान चाड दशैँ तिहारको अवसरमा नयाँ गीत मयाँले सार्वजनिक भएको छ ।
गीतमा प्रयोग गरिएका शब्द तथा लयका भाकाहरु म्याग्दी जिल्लाको विभिन्न भु-भागहरुमा युगौँदेखि गाईदै आएका भाका तथा शब्दहरुलाई समेटिएको छ । गीतमा शब्द र संगीत संकलन प्रकाश दुतराजले गरेका छन् ।
सम्भोज मल्ल, धुर्व जिसि, प्रकाश दुतराज, विष्णु रीजाल, शान्ता वर्देवा र बसन्ती थापाको स्वरमा सजिएको गीत अर्जुन थापाले एरेन्ज गरेका हुन् । म्याग्दी जिल्लाको आकर्षक विभिन्न ठाउँको दृश्य गीतमा देखाइएको छ । गीतको भिडियो भने भुपेन बाँनियाले गरेका हुन् ।
गीतमा सुनिल बानियाँ, विविदजंग थापा, जीवन कार्की, नविन बानिया, निर्देश चोखल लगायतका कलाकारको अभिनय रहेको छ । गीतका गायक मध्येका एक रिजालले यस गीतका बारेमा केही तथ्यहरू गीत सृजना गर्नु पुर्व म्याग्दी जिल्लाको विभिन्न भुभागहरूमा पुगेर त्यहाँको कला संस्कृतिको अध्धयन गरिएको बताए। त्यहाँको कला र संस्कृतिलाई विश्वव्यापी गर्ने उदेश्यका साथ दशै तिहार लक्षित गरेर मयाँले गीत प्रस्तुत गरेका छौ, उनले भने ।