दशैंको बेला मांसहारी अर्थात् नन भेजिटेरियनका लागि त खानामा कुनै समस्या हुँदैन । खसी, कुखुरा, राँगा, बुंगुरको मासुबाट विभिन्न परिकारहरु बनाएर खान सकिन्छ । शाकाशारी अर्थात् भेजिटेरियनहरुको समूह घरमा सा¥है पातलो हुने हुँदा प्रायजसो दशैंको बेला भेजिटेरियनहरुलाई के र कस्तो परिकार खाने भनेर समस्या हुन सक्छ ।
त्यस्तै यदि तपाईंको पूरा परिवार नै शाकाहारी छ भने दशैंको समयमा माछा–मासुविना यी परिकारहरु खान सक्नहुन्छ ।
आलुको पापड
आलुको पापड शाकाहारी खाना मन पराउनेहरुका लागि एक स्वादिष्ट परिकार हुनसक्छ । घरमा सजिलैसँग बनाउन सकिने यो परिकार जाडोको समयमा खान अझ मज्जा हुन्छ ।
आलुको पापड बनाउको लागि उसिन्नेर बोक्रा छोडाएर राखेको आलुमा मैदा मिसाउनु पर्छ । उक्त मैदा र आलुलाई मुछिसकेपछि नुन, ज्वानो, हिङ्गपानी र मरिचको धुलो मिसाएर रोटी बेल्नको लागि तयार हुने गरि मुछ्नुपर्छ । यति गरेपछि तावामा रोटी आकार बनाएर पकाए आलुको पापड तयार हुन्छ ।
पनिर चिल्ली
शाकाहारीका लागि पनिर चिल्ली स्वादिस्ट परिकार हो नै । पनिर चिल्ली बनाउनको लागि सुरुमा तपाईंलाई चाहिने जति पनिर निक्र्यौल गर्नुस् । यसलाई सानो टुक्रामा काट्नुहोस् । त्यसपछि नुन र कालो मरिचको साथमा लसुन र अदुवाको पेस्ट बनाउएर पनिरलाई मोल्नुपर्छ ।
मोलिसकेपछि पनिरमा एक चम्चा मैदा हालेर मिक्स् गर्ने र प्याजलाई बीचबाट चार टुक्रामा पारेर स्लाइसमा काट्नुपर्छ । त्यसमा हरियो खोर्सानी, क्याप्सिकम, लसुन पनि राख्ने । अब अर्कोे भाँडोमा दुई चम्चा मैदा र एक चम्चा आँटा हालेर आधा कप पानी हालेर मिक्स् गरेर पेस्ट बनाउने ।
यति गरेपछि प्यानमा तेल तताउने र अघि तयार भएकोे मिक्स पिस पनिरलाई मैदा र आँटाको पेस्टमा चोब्दै तेलमा फ्राई गर्ने । अर्को प्यानमा तेल तताउने र अघि काटेर राखिएको लसुन, अदुवा, खुर्सानी, प्याज र खुर्सानी रातो रंग आउनेगरी भुट्ने । फेरि यसमा रेड वा ग्रिन चिल्ली, गोलभेडाको केचप र सोया सस हाल्ने ।
केहीबेर चलाइसकेपछि यसमा अजिना मोटो र भेनेगर हालेर पकाउने । यति गरेपछि फ्राइ गरेर राखिएको पनिरलाई यसमा हाल्ने र केही बेर चलाउनुपर्छ । यति गरेपछि पनिर चिल्ली तयार हुन्छ ।
च्याउको छोइला
शाकाहारीका लागि च्याउको छोइला पनि दशैंका बेला गज्जबको परिकार बन्न सक्छ । च्याउको छोइला बनाउनको लागि च्याउलाई मासिनो गरेर काट्ने र तातो पानीमा बफ्याउनु पर्छ ।
त्यसपछि उक्त च्याउलाई पानी सुक्का बनाउनको लागि तावामा सेकाउनु पर्छ । च्याउ पूर्ण रुपमा सुक्का भई सकेपछि पिसेको मासको लेदो, तोरीको तेल, अदुवा र लसुनको पेस्ट, जिरा र धनियाँको धुलो, मेथी, सुकेको खुर्सानी, प्याज, नुन उक्त च्याउमा मोल्नुपर्छ ।
सपछि भने तोरीको तेलमा मेथी फुराएर बेसार हालेर झान्ने र हरियो लसुन र धनीया हालेपछि च्याउको छोयला तयार हुन्छ ।
तोफु अर्थात् भटमासको पनिर
तोफु चिनियाँ पोष्टिक खाद्य परिकार हो । तर नेपालमा नेवार समुदायमा यो प्रशस्त प्रयोग हँुदै आएको छ । तोफु बजारमा जँहा पनि उपलब्ध हुन्छ ।
यसलाई पनि पनिर जस्तै गरेर जुनसुकै तरकारीमा मिसाएर वा पकाएर खान सकिन्छ । तर यो हेर्दा पनिरजस्तो देखिएपनि यसको स्वाद भने पनिरको भन्दा भिन्न हुन्छ । तोफु बनाउनका लागि सुरुमा तोफुलाई मसिनो टुक्रामा काट्ने फ्राई गर्नुपर्छ । यदि तपाईंले पनिर खानु भएको छ भने त्यसरी नै यसलाई बनाउन सक्नुहुन्छ ।
तोफु बनाउन जान्नु भएको छैन भने पनि यसलाई सुरुमा तातो तेलमा मज्जाले भुट्नुहोस् र आवश्यक मात्रामा नुन, बेसार, खुसार्नी र धनियाँ हाल्नुहोस् । तोफुमा प्रशस्त प्रोटिन पाइने हुनाले गर्भवती महिला र बच्चाको लागि खानामा अझ बढी उपयुक्त मानिन्छ ।