व्यस्त जीवनशैली, उपयुक्त खानपानको अभाव र सरसफाईको कमीले पछिल्लो समय मानिसहरुमा आँखाको समस्या बढदो छ । त्यस्तै वर्षेनी आँखाको समस्या लिएर अस्पताल धाउनेको संख्यामा पनि वृद्धि हुँदै गएको छ ।
तर हाम्रो सानो प्रयार र मेहेनतले आँखा हुने र आउने कैयौं समस्याहरुलाई भने हटाउन सकिन्छ । आँखाको शक्ति बढाउनको लागि हरियो सागपात र फलफूलले धेरै सहयोग गर्दछ । त्यस्तै कमजोर आँखलाई खानपानमा ध्यान दिनुका साथै आँखाको अभ्यास गरेर पनि आँखाको शक्ति बढाउन सकिन्छ ।
त्यस्तै यो बाहेक आँखाको शक्ति बढाउनको लागि मैनबत्ती पनि उपयुक्त साधन हुन सक्छ । कोठामा मैनबत्ती बालेर त्यसलाई दुई फिटसम्मको दूरीमा राखेर सिधा आँखाले बलेको मैनबत्तीमा केन्द्रित भएर आँखा नझिम्काई आँसु नझरुञ्जेल हेरेर अभ्यास दैनिक ३ पटकसम्म गर्नाले पनि आँखाको शक्ति बढाउन सकिनेछ ।
यो बाहेक पेन्सिललाई हातमा लिएर त्यसको टुप्पोमा एकटकले हेर्नाले पनि आँखाको तेजपनामा वृद्धि हुनेगर्छ । यीबाहेक हातको एउटा औंला आँखादेखि सिधा राखेर परको कुनै वस्तु हेर्दै छिटो–छिटो औंला हेर्र्नेे अभ्यास गर्नाले पनि आँखा तेजिलो हुने गर्छ । यस्तो अभ्यासले आँखाको शक्ति बढ्नुका साथ साथै दिमाग पनि तिक्ष्ण हुँदै जान्छ ।
आँखालाई सुरक्षित राख्ने उपाय
आँखालाई तेजिलो बनाउनका साथै सुरक्षित राख्नु पनि जरुरी छ । यदि तपाईंको आँखा कमजोर छ भने नियमित चेकजाँच गरेर उपयुक्त पावरवाला चस्माको आवश्यकता रहन्छ ।
उपयुक्त पावरवाला चश्माको प्रयोगले टाउको सम्बन्धि हुने समस्यालाई समाधान गर्नुको साथै आँखालाई पनि राहत प्रदान गर्ने काम गर्छ । त्यस्तै कार्यालयमा कम्युटर वा मेसिनबाट आँखालाई राहत दिलाउनका लागि पनि चश्माको प्रयोग उचित हुन्छ ।
आँखालाई सुरक्षित र तेजिलो राख्नका लागि भिटामिन ‘ए’ को आवश्यकता पर्ने हुँदा भिटामिन ‘ए’युक्त खानाको प्रयोग गर्न सकिन्छ । आँखालाई ओमेगा–३ फ्याटी एसिडको जरुरी पर्ने हुँदा माछाको सेवन उचित हुनेगर्छ । माछाले आँखालाई सुख्खा हुनबाट बचाउने काम गर्छ ।
यो बाहेक धुम्रपानको सेवन नगरेर पनि आँखालाई सुरिक्षत राख्न सकिन्छ ।