काठमाडौं - खानेकुरा र भन्सा मानिसको जीवनको अभिन्न पक्ष हुन् । जहाँ मानिसको स्वास्थ्यको समेत निर्धारण हुन्छ । यस्तो भान्सामा हामीले पकाउने विभिन्न परिकारमा ध्यान दिनुपर्ने अनेकन कुराहरु हुन्छ ।
साथै भान्साको स्वच्छता प्रत्यक्ष रुपमा खानेकुरा र खानेकुराको सम्बन्ध मानव स्वास्थ्यसँग जोडिने हुँदा यसबारे ध्यान दिनु नितान्त जरुरी छ । भान्सासँग सम्बन्धित केही जानकारीहरु प्रस्तुत छन् ।
मासु पकाउदा के गर्ने ?
अरु खानेकुरामा जस्तै मासुमा पनि मात्राअनुसार नुन, तेल, मसला ठिक्क हुनु जरुरी त छँदैछ । मासुजन्य तास वा पक्कु बनाउ“दा फल मासुलाई अघिल्लो दिन अदुवा, लसुन, अलिकति जाइफल, हिङ आदि स“ग मोलेर फ्रिजमा राख्न नबिर्सनुहोस् । अनि यसलाई भोलिपल्ट तावामा फ्राई वा कसांैडीमा सानो आ“चमा पकाउन सकिन्छ ।
खसीको सुप बनाउदा बाक्लो ढलौटको कसौंडीमा हड्डीका टुक्रा हालेर धेरैबेरसम्म पकाउन जरुरी हुन्छ । मज्जाले पाकिसकेपछि मात्र रस हालेर उमाल्दा त्यसको स्वाद तिख्खर आउँदछ ।
धेरै लसुन छोडाउन के गर्ने ?
अरुबेला भन्दा दशैँमा लसुनको प्रयोग धेरै हुन्छ । आयुर्वेदमा लसुन निकै गुणकारी मानिन्छ । धेरै लसुन थोरै समयमा सजिलै छोडाउन आफूलाई आवश्यक पर्ने लसुनका पोटी तयार पार्नुहोस् ।
किचनमै प्रयोग गर्न मिल्ने बाक्लोखालको थोत्रो सानो टाबेलमा सबै लसुनलाई हल्का पोको पार्नुहोस् । अब केही कडा सतहमा राख्नुहोस् र माथिबाट हत्केलाले प्याट्ट पार्नुहोस् । लसुनका सबै केस्रा एकआपसमा सजिलै छुट्टिन्छन् । हत्केलाको सट्टा लोहोरो नै प्रयोग गर्न पनि सक्नुहुन्छ, तर हल्कासँग ।
फ्रिजमा दुर्गन्ध फैलिँदा के गर्ने ?
दशैंमा माछामासुका परिकार बढी पाक्ने भएकाले फ्रिजमा छिटो–छिटो दुर्गन्ध फैलिने सम्भावना बढी हुन्छ । दुर्गन्धित फ्रिजमा ताजा परिकार राख्नु स्वास्थ्यका हिसाबले राम्रो मानिदैन ।
त्यसैले तत्काल दुर्गन्ध हटाउन ताजा कागतीलाई गोलाइतिरबाट काटेर (काटिएको भाग माथितिर फर्काएर) फ्रिजभित्र राखिदिनुहोस् र बन्द गरिदिनुहोस् । पाँच मिनेटपछि फ्रिज खोल्दा गन्ध गायब भइसकेको हुन्छ ।
त्यस्तै ढुसी तथा ब्याक्टेरियाबाट फ्रिजलाई जोगाउन भिनेगरले फ्रिजको भित्रपट्टिको भाग मजाले पुछ्नुपर्छ । यसो गर्दा भिनेगरमा भएको एसिडले ब्याक्टेरियालाई मार्छ र फैलिन दिदैन । साथै फ्रिजलाई स्वच्छ र बास्नादार बनाउन बेकिङ सोडाको एउटा बक्स अथवा सुकाइएको कफीमध्ये कुनै एक चिजको क्यानलाई फ्रिजमा राख्न सकिनेछ ।
आसु नझारी प्याज कसरी काट्ने ?
दशैंमा मासुका परिकारका लागि प्याज धेरै काट्नुपर्ने हुन्छ । प्याजको पिरोले रोएसरी पारिदिन्छ । तर याद गर्नुहोस्, पाँच मिनेट फ्रिजमा राख्दा प्याजमा हुने आँशु निकाल्ने तत्व नाश हुन्छ र काट्दा आँशु आउँदैन । त्यस्तै केहीबेर पानीमा डुबाएपछि प्याज काट्दा पनि पिरो हराउँछ ।
किचेन अप्लायन्स चम्किलो राख्ने कसरी ?
किचनमा प्रयोग गरिने ‘स्टेनलेस स्टिल’का अप्लायन्सहरु ब्रस लगाएर सफा गर्दा पनि चम्किलो बनाइराख्न गाह्रो हुन्छ । तर यसरी सफा गरिएका अप्लायन्सलाई पट्याइएको पेपरमा थोरै ‘बेबी आयल’ राखेर घोट्नाले त्यो चम्किलो हुनेछ । यसो गर्दा अप्लायन्समा लागेको दाग, खानेकुराको फोहोर, फिङ्गरप्रिन्ट आदि मज्जाले हट्छ ।
चपिङ बोर्ड फ्रेस बनाउने कसरी ?
तरकारी काटेको दाग वा जमेको फोहोरले गर्दा चपिङ बोर्डलाई ताजा राख्न कठिन हुन्छ । चपिङ बोर्डलाई फ्रेस एउटा कागतीलाई आधा काटी चपिङ बोर्डमा घोटेर २०–३० मिनेट त्यसै छोडिदिनुहोस् ।
त्यसपछि धाराको चिसो पानीले त्यसलाई धुनुहोस् । यसो गर्नाले चपिङ बोर्ड सफा हुनुका साथै यसमा जमेको दाग तथा फोहोको दुर्गन्ध पनि हराएर बोर्ड फ्रेस हुन्छ ।
फलफूललाई ताजा राख्न के गर्ने ?
फलफूललाई धेरै दिनसम्म ताजा राख्नका लागि फ्रिजको प्रयोग गर्नुपर्छ । तर फ्रिजमा पनि सही तरिकाले राख्न सके मात्र फलफूल लामो अवधि खान लायक अवस्थामा रहन्छ । यसका लागि फ्रिजको हिस्सा वा ड्रअरमा ‘बबल ¥याप’ ओछ्याएर फलफूल राख्न सकिन्छ ।
यसो गर्दा फलफूल दाग लाग्नबाट जोगिन्छ र हप्ता दिनसम्म पनि केही हुँदैन । तरकारीलाई पनि यो राखिने फ्रिजको भागमा पत्रपत्रिकालगायतका कागजका टुक्रहरु ओछ्याएर ताजा राख्न सकिन्छ ।
सिंकको दुर्गन्ध हटाउन के गर्ने ?
भान्साको निकासका लागि यससँग जोडिएको पाइप वा नालाले भान्सालाई दुर्गन्धित बनाइरहेको हुन सक्छ । त्यस्ता पाइप वा भान्साको दुर्गन्ध हटाउन पानी मिसाएको (वाटरी) बेकिङ सोडालाई गन्ध आइरहेको ठाँउमा खन्याउने ।
यो सोडाले तपाईंको नाली÷पाइपमा अड्किएर बसेका खाद्य पदार्थहरुलाई सानो टुक्रा बनाएर फुटाउने गर्दछ । तर सोडा हालिसकेपछि त्यसलाई १ घण्टासम्म भिज्न दिनुपर्छ । सोपछि ३–४ चम्चा ‘भेनिल्ला एसेन्स’लाई एक जग तातो पानीमा मिसाएर गन्ध आइरहेको ठाँउमै खन्याउने । यसो गर्दा तपाईंको भन्छाको नाला वा सिंकमा आइरहेको दुर्गन्ध हट्छ ।
भान्साको लागि थप जानकारी
– केही कुरा उमाल्नुछ भने प्रेसर कुकरको ढकनी ध्यानपूर्वक बन्द गर्दा बाफ छेउबाट फुत्किन पाउँदैन । अनि आगो मध्यम नै राख्नुस् जसले गर्दा प्रेसरबाट बाफका साथै सबै पानी बगेर नजाओस् । यसो गर्नुभयो भने खाना छिट्टो उम्लिन्छ र ग्यासको पनि बचत हुन्छ ।
– प्याज भुट्नका लागि नून थोरै राख्दा चाडै पाक्छ ।
– काक्रोलाई बीचबाट भाँच्दा तीतो भाग आउदैन । फलामको कराईमा खाना पकाउँदा शरीरमा आइरनको कमी पूरा हुन्छ ।
पकौडा बनाउँदा बेसनमा कागतीको रस हाल्दा पकौडाले धेरै तेल सोस्दैनन् र कुरुमकुरुम बन्छ ।