आधुनिक खानपानमा पिज्जा प्रिय परिकारमध्ये एक हो।अहिलेको कोरोना भाइरसको महामारी र दशैंको समयमा पिज्जा उपलब्धता सहज छैन । त्यसमाथि दशैं सुरु भएसँगै शाकाहारी खानेहरुका लागि के खाने भन्ने समस्या हुन सक्छ ।
अलिकति चासो दिनुभयो भने घरमा नै सजिलैसँग पिज्जा बनाउन सकिन्छ । यसका लागि यी टिप्सहरु उपयोगी हुन सक्छन् ।
पिज्जा बनाउनका लागि सर्वप्रथम तपाईसँग मैदा, चिनी, नुन, तेल, मरिचको धुलो, पानी जस्ता चिजहरु हुन आवश्यक छ । यति सामानहरु भएपछि मात्र तपाईंले पिज्जा बनाउन सक्नुहुन्छ ।
यसरी बनाउनुहोस् पिज्जा
पिज्जा बनाउनका लागि सबैभन्दा पहिला मैदामा चिनी, नुन, मरिचको धुलो राखेर अलि अलि पानी राख्दै मुछ्नुपर्छ। मैदा मुछ्दा ध्यान दिएर मुछ्नुपर्छ । मैदा मुछ्दै थोरै थोरै मैदा राखेर मुछ्नुपर्छ ।
मैदा राम्रोसँग मुछिसकेपछि मैदालाई गोलो आकारको बनाउने र एउटा भाँडोमा तेल लगाएर मैदालाई राख्नुपर्छ । यसरी भाँडोमा मुछेको मैदालाई केही समय छोपेरै राख्ने । यति गरेपछि तपाईंले पिज्जाको लागि सस तयार गर्नतर्फ लाग्दा समय जोगिन्छ ।
पिज्जाको लागि सस बनाउनका लागि टमाटर पिस्ने, त्यसमा नुन, चिनी र मसला राख्ने । त्यसमा थोरै तेल पनि राखेर सस पनि सजिलै तयार गर्न सकिन्छ ।
अब भने एउटा प्यानमा तेल लगाएर अघि बनाएको मैदाबाट केही भाग लिंदै हातले पिज्जाको आकार बनाउँदै मिक्स सस र चिज राख्नुपर्छ । मैदालाई पिज्जाको आकार दिएपछि पिज्जालाई मिडियम हिटमा १० देखि १५ मिनेटसम्मओभनमा पकाउने । यसपछि तपाईंले बनाएको पिज्जा खानको लागि तयार हुन्छ । एकपटक घरैमा पिज्जा बनाएरर हेरौं ।