टक्सन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मतदानको दिन नजिकिँदै जाँदा सवैतिर थप आक्रामक रुपमा प्रस्तुत भएका छन् । अमेरिकी उच्च ओहोदामा रहेका र अति सम्मान गरिने विज्ञ डा. एन्थोनी फाउचीप्रति उनले सोमबार आक्रोश व्यक्त गरेका छन् ।
देशको पश्चिमी क्षेत्रको भ्रमणको तेस्रो दिनमा उनले चुनावी अभियानका क्रममा भोगेकामध्ये सबैभन्दा नराम्रो दबाब भोग्नु प¥यो । चुनावी अभियानका क्रममा उनले विवादास्पद र कतिपयले अति मन नपराउने अभिव्यक्तिहरु दिएका छन् । उनले फाउचीलगायतका विज्ञहरुमाथिको अभिव्यक्ति सबैभन्दा विवादास्पद बनेको छ । उच्च तहका विज्ञ फाउचीलाई उनले टिभीमा जाँदै बोलिरहने, देश र जनतालाई भाँड्ने तथा सरकारलाई असहयोग गर्ने पात्रका रुपमा चित्रित गरेका छन् ।
‘फाउची र उनीहरु जस्तै अरु धेरैका कुरा सुन्दा सुन्दा जनता आजित भइसकेका छन्, उनीहरु आफैंमा प्रकोप हुन, उनीहरुका कारणले नै यहाँको अवस्था बिग्रिएको हो,’ ट्रम्पले भनेका छन् ।
त्यसैगरी कोरोना भाइरसका बारेमा उनले दिएको अभिव्यक्ति पनि आलोचित भइरहेको छ । ‘म डराएको र आत्तिएको छैन,’ टक्सन, अरिजोनालगायतका क्षेत्रमा जानुअघि पत्रकारहरुसँग उनले भने, ‘मलाई लाग्छ म आक्रामक रुपमा दौडिरहेको छु, म धेरै खुसी पनि छु, मैले राम्रो गरिरहेको छु र म सन्तोषजनक अवस्थामा छु ।’
उनले यसअघि सन् २०१६ मा चुनाव लडेको बेलामा भन्दा अहिले सहज महसुस गरिरहेको र अहिले आफूहरु ठिक अवस्थामा रहेको पनि बताएका छन् ।