हङकङ– हङकङको विमान कम्पनी क्याथी प्यासिफिक एयरवेजले ५ हजार ५०० रोजगारी कटौती गर्न लागिएको जनाएको छ ।
कोरोना भाइरसको महामारीका कारण विमान सेवा सञ्चालन गर्न नसकिएकाले कर्मचारीहरुलाई राखिरहन पनि नसकिने भएकाले कटौती गर्न लागिएको कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन् ।
रोजगारीबाट हटाउन लागिएका कर्मचारीहरु मध्ये ५ हजार ३ सय जना हङ्कङमै रहेर काम गर्नेहरु परेका छन् । त्यसबाहेक अरु ६ सय जना अन्य ठाउँमा रहेका कर्मचारीहरुलाई कटौती गर्न लागिएको कम्पनीको भनाइ छ । अरु २ हजार ६ सय पद भने पहिलेदेखि नै खाली रहेको थियो । कम्पनीको कुल रोजगारीको २४ प्रतिशत रोजगारी कटौती भएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।