काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी पत्नी तथा पुर्वमन्त्री हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । डा. भट्टराईले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् ।
कार्तिक ७ गते गरिएको स्वाब परिक्षणको नतिजा पोजिटिभ आएको भट्टराईले उल्लेख गरेका छन् । उनले आफुँहरु दुबैजना होम आइसोलेसनमा रहेको जानकारी दिएका छन् ।
उनले पछिल्लो समय आफुँहरुको सम्पर्कमा आएका सबैजनालाई सतर्कता अपनाउन आग्रह पनि गरेका छन् ।