पछिल्लो २४ घण्टामा नेपाल एसियाकै तेस्रो बढी संक्रमित भएको देश देखिएको छ । विश्वभरका कोरोनासम्बन्धी सम्पूर्ण विवरण दिँदै आएको वर्ल्डओमिटरले सार्वजनिक गरेको तथ्यांकमा पछिल्लो २४ घण्टामा तेस्रो सबैभन्दा बढी संक्रमित थपिएको देखाएको छ ।
विश्वमै सबैभन्दा बढी संक्रमित भेटिएको देशको ३४ औं नम्बरमा नेपाल छ।
यद्यपि मृतक संख्यामा भने नेपालको अवस्थामा धेरै राम्रो छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको पछिल्लो एक दिनको तथ्यांकअनुसार नेपालमा १७ जना संक्रमितको निधन भएको छ।
संक्रमण दर घटाउँदै लगेको भारतमा एकै दिन संक्रमण देखिने दर अमेरिकाभन्दा बढी छ। भारतमा आज १३ हजार ९ जनामा संक्रमण पाइएको हो । अमेरिकामा पनि एकै दिनमा ११ हजार ५ सय जनाभन्दा बढीमा संक्रमित थपिएका छन् ।