स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको ‘दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ’ नगर्ने भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अबदेखि साताको २ दिन मात्रै प्रेस ब्रिफिङ हुने भएको बताएका हुन्।
दशैंका समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबार भएको थियो। तर, बिहीबार दैनिक ब्रिफिङ हुने छैन।
‘अब सातामा आइतबार र बुधबार कोभिड–१९ प्रेस ब्रिफिङ हुनेछ, अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने छ,’ गौतमले भने।