कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ५४ जना संक्रमित भएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा मात्र २ हजार ९ सय ८१ जना संक्रमणमुक्त भएका छन्।
गौतमका अनुसार देशभरिका प्रयोगशालाहरूमा ८ हजार २ सय ४८ जनाको स्वाब परीक्षण गर्दा ७ सय ५८ महिलासहित १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
नेपालमा बुधबारको तथ्यांकसँगै कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३ सय ५४ पुगेको छ। जसमा ८ सय ८७ जनाको मृत्यु भएको छ।
कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख २१ हजार ८ सय २४ रहेको छ। कोरोना पुष्टि भएकामध्ये ३१ हजार ९ सय ३४ होम र ७ हजार ७ सय ९ संस्थागत आइसोलेसनमा रहेका छन्।
उनीहरूमध्ये २ सय ९० जनाको आइसियू र ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ।
काठमाडौं उपत्यकामा मात्रै ८ सय ४३ नयाँ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंका ६ सय ९६ जना, ललितपुरका १ सय १८ र भक्तपुरका २९ जना छन्।