कात्तिक १५ देखि १७ गतेसम्म निर्धारण गरिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ।
केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले जारी गरेको विज्ञप्तिमा बैठकको मिति मंसिर १५ देखि १७ गतेसम्म निर्धारण गरिएको छ।
बढ्दो कोरोना महामारीको प्रकोपका कारण पूर्वनिर्धारित बैठक स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ।
नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विवाद बढिरहेका बेला केन्द्रीय कमिटीको बैठक स्थगित भएको हो।
नेकपाका एक केन्द्रीय सदस्यका अनुसार प्रधानमन्त्री ओली अहिले केन्द्रीय कमिटीको बैठक ‘फेस’ गर्ने मनस्थितिमा रहेकाले बैठक स्थगित भएको हो।
कर्णाली प्रदेश विवाद, मन्त्रिपरिषद् पुनर्गठन, ओलीका एकलौटी निर्णय लगायतका विषयमा प्रचण्डले विमति राखेपछि नेकपाका दुई ‘पाइलट’बीच मतभेद बढेको छ।