नेपालमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा २ हजार ३ सय ६४ जना संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १ हजार ३ सय ८० पुरुष र ९ सय ८४ महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो।
९ हजार ७ सय ६९ जनाको पीसीआर परीक्षण गरिएको जानकारी गौतमले बताए। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ।
संक्रमितमध्ये १ लाख २४ हजार ८ सय ३२ जनालाई कोरोनामुक्त भएको गौतमले बताए। पछिल्लो २४ घण्टामा ३ हजार ३८ जना निको भएका छन्।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ६ सय १५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १ हजार ३ सय ३८ जनालाई कोरोना पुष्टि भएको हो।
ललितपुरमा १ सय ८० जना र भक्तपुरमा ९७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
काठमाडौंमा अहिलेसम्म ५९ हजार २ सय ३४ जना कोरोना संक्रमण भएको छ। जसमध्ये ४२ हजार ५ सय ४ जना कोरोनामुक्त भएका छन्।
काठमाडौंमा २ सय ९ जनाको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या १६ हजार ५ सय २१ जना रहेको छ।
ललितपुरमा ८ हजार ३ सय ५० लाई कोरोना संक्रमण पुष्टि भएको छ। जसमा ५ हजार ८ सय २२ जना कोरोनामुक्त भएका छन्। र, ५८ जनाको मृत्यु भएको छ। सक्रिय संक्रमित २ हजार ४ सय ७० जना रहेका छन्।
भक्तपुरमा ५ हजार ५ सय १९ जनालाई कोरोना पुष्टि भएको थियो। जसमा ४ हजार ३ सय ८३ जना कोरोनामुक्त भएका छन्। र, ६१ जनाको मृत्यु भएको छ। सक्रिय संक्रमित १ हजार ७५ जना रहेका छन्।