म्याक मिडिया एण्ड सर्भिसेज प्रालिद्वारा सञ्चालित नेपाली पब्लिक डटकमको प्रधान सम्पादकमा के.सी. लामिछाने (कृष्णचन्द्र लामिछाने) नियुक्त भएका छन्।
नेपाल पत्रकार महासंघ, प्रदेश नम्बर २ का उपाध्यक्ष समेत रहेका लामिछाने बिहीबारदेखि कार्यभार सम्हाल्ने गरी प्रधान सम्पादक नियुक्त भएका हुन्।
२ दशकभन्दा लामो समयदेखि पत्रकारिता गरिरहेका लामिछाने नेपाल पत्रकार महासंघ पर्सा शाखाको पूर्व अध्यक्ष हुन्।
उनले छापा, रेडियो र अनलाइन पत्रकारितामा सम्पादन र प्रकाशनको जिम्मेवारी निर्वाह गरिसकेका छन्। टेलिभिजन पत्रकारिताको पनि राम्रो अनुभव बटुलेका छन् उनले।
प्रधान सम्पादकको प्रतिवद्धता
पत्रकारितामा २ दशक बिताउँदा मैले यस क्षेत्रका विभिन्न आयामहरूको पनि अनुभव संगाल्ने अवसर पाएँ। छापाबाट शुरु भएको मेरो पत्रकारिता जीवन रेडियो, टेलिभिजन हुँदै अनलाइनसम्म आइपुग्यो ।
सादा कागजमा कलमले समाचार लेखेर फ्याक्समार्फत् समाचार पठाउनुपर्ने युगबाट शुरु भएको मेरो यात्रा अहिले हातमा भएको स्मार्ट फोनबाट जहाँसुकैबाट समाचार पठाउन मिल्ने प्रविधिले सम्पन्न युगसम्म आइपुगेको छ।
यो अवस्थामा विश्वासिलो समाचार छिटोछरितो रुपमा जनतामाझ पुर्याउनुपर्ने चुनौती पत्रकारहरूमाझ थपिएको छ। र यसको सबैभन्दा उत्तममाध्यम् अनलाइन पत्रकारिता बनेको छ।
पब्लिक पत्रकारिताको खास अभ्यास गरिरहेको नेपाली पब्लिकको प्रधान सम्पादककाे जिम्मेवारी पाउनु मेरा लागि अवसर र चुनौती दुवै हो। छोटो समयमा पाठकमाँझ दर्विलो उपस्थिति जनाउन सफल नेपाली पब्लिकलाई थप उचाईमा पुर्याउनका लागि म मेरो पत्रकारिताको अनुभव र ज्ञानको उच्चतम् प्रयोग गर्नेछु।