काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ८ सय ८८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
काठमाडौं जिल्लामा १ हजार ५ सय ८, ललितपुरमा २ सय ४९ र भक्तपुरमा १ सय ३१ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार देशभरमा ३ हजार ५ सय १७ जनामा संक्रमण पुष्टि भएको बताएका छन्।
काठमाडौंमा कुल संक्रमितको संख्या ६० हजार ७ सय ४२ पुगेको छ। संक्रमितमध्ये ४४ हजार २८८ जना कोरोनामुक्त भएका छन्।
२ सय १२ जनाको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४२ पुगेको गौतमले बताएका छन्।
ललितपुरमा कुल संक्रमितको संख्या ८ हजार ५ सय ९९ जना रहेको छ। संक्रमितमध्ये ६ हजार १ सय ९६ जना कोरोना मुक्त भएको गौतमले बताए।
ललितपुरमा ५८ जनाको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या २ हजार ३ सय ४५ रहेको छ।
भक्तपुरमा ५ हजार ६ सय ५० जना संक्रमित भएका थिए। जसमध्ये ४ हजार ४ सय २२ जना कोरोनामुक्त भएका छन्। र, ६३ जनाको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या १ हजार १ सय ६५ रहेको छ।