नेपाली कांग्रेसका महासमिति सदस्य मदन मण्डलको निधन भएको छ। ४५ वर्षीय मण्डलको कोरोना संक्रमणका कारण आइतबार बिहान निधन भएको हो।
बाराको आदर्शकोतवाल गाउँपालिकास्थित टेडाकट्टीका मण्डलको शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो। उनको थप उपचारका लागि काठमाडौंको नर्भिक अस्पताल लैजाने क्रममा आइतबार बिहान बाटोमा मृत्यु भएको हो।
वीरगञ्जको नारायणी अस्पतालस्थित पिसिआर प्रयोगशाला गरिएको परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो। श्वासप्रश्वासमा समस्या आएपछि कोल्हवीकै स्वास्थ्य संस्थामा उनलाई भर्ना गरिएको थियो।