चितवनको भरतपुर अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। उपचारको क्रममा उनीहरूको मृत्यु भएको हो।
भरतपुर महानगरपालिका–१० बस्ने ७९ वर्षीय पुरुष र धादिङको निलकण्ठ नगरपालिका–३ बस्ने ६१ वर्षीया महिलाको मृत्यु भएको हो।
भरतपुर महानगरपालिका–१० बस्ने ७९ वर्षीय पुरुषमा कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनको आइतबार राति १ः२० बजे मृत्यु भएको भरतपुर अस्पतालले जानकारी दिएको हो।
यसैगरी, भरतपुर अस्पतालमा उपचाररत धादिङको निलकण्ठ नगरपालिका–३ बस्ने ६१ वर्षीया महिलाको सोमबार बिहान २ः५५ बजे मृत्यु भएको हो। उनलाई कात्तिक ५ गते उनी अस्पताल भर्ना गरिएको थियो।