काठमाडौं– नेपाली कांग्रेसले पदाधिकारी बैठक डाकेको छ । सोमबार दिउँसोका लागि बोलाइएको बैठकमा पार्टीको १४ औं महाधिवेशनबारे छलफल हुनेछ ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा १ बजे बस्नेछ । बैठकमा केन्द्रीय सदस्यसँगै पार्टी पदाधिकारी, पूर्वपदाधिकारीहरुको उपस्थिति रहने छ । बैठकमा महाधिवेशन तयारी बाहेक समसामयिक विषयमासमेत छलफल हुने बताइएको छ।
कांग्रेले १४ औं महाधिवेशन फागुन ७ गतेदखि १० गतेसम्म गर्ने तयारी गरेतापनि कोरोना कहरका लागि प्रभावित बनेको थियो । महाधिवेशन कहिले सम्पन्न गर्ने भन्नेमा कांग्रेस अन्यौलमा रहेको छ ।