एजेन्सी– इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्टसले शानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्टसले स्पेजियालाई ४–१ गोलले पराजित गरेको हो ।
युभेन्टसको लागि कोरोना संक्रमण मुक्त भई मैदान फर्किएका क्रिस्टियानो रोनान्डोले उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरे । त्यस्तै अल्भारो मोराटा र एड्रियन राबिओटले एक एक गोल गरे । घरेलु टोलीका टोमासो पोबेगाले सान्त्वना गोल गरे ।
यस जितसँगै ६ खेलबाट १२ अंक बटुलेको युभेन्ट्स दोस्रो स्थानमा छ । स्पेजिया ६ खेलमा ५ अंक जोडेर १६ औँ स्थानमा रहेको छ ।