एजेन्सी– बलिउडमा किङ खान भनेर चिनिएका सुपस्टार शाहरुख खान आफ्नो ५५ औं जन्मदिन मनाउँदै छन्। उनलाई सामाजिक सञ्जालमार्फत प्रसिद्ध व्यक्तिका साथै उनका फ्यानहरुले जन्मदिनको शुभकामना दिइरहेका छन्।
शाहरुख पछिल्लो समय सन् २०१८ मा फिल्म जिरोमा देखिएका थिए । त्यसयता उनी कुनै पनि फिल्ममा देखिएका छैनन् । उनका फ्यान भने जन्मदिनको अवसर पारी शाहरुखले नयाँ फिल्मबारे जानकारी गराउँछन् कि भन्ने आशामा छन् ।
यसअघि नै शाहरुखले आफूले आफ्नो नयाँ फिल्मबारे छिट्टै जानकारी गराउने बताएका थिए । केहि सञ्चारमाध्यमले उनी फिल्म सुटिङमा व्यस्त रहेको बताएतापनि उनले आधिकारिक रुपमा यसबारे कुनै पनि जानकारी गराएका छैनन् ।