एजेन्सी– चेन्नाई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीले कप्तानी छोड्ने संकेत गरेका छन् । इन्डियन प्रिमियर लिग (आइपीएल) इतिहासमा पहिलोपटक चेन्नईले प्ले अफमा स्थान बनाउन नसकेपछि धोनीले यस्तो संकेत दिएका हुन् ।
आइपीएलमा चेन्नाईले अपेक्षाकृत प्रदर्शन गर्न नसकेपछि धोनीले टिममा केहि परिवर्तन आवश्यक रहेको बताएका छन् । उनले अब टिमको नेतृत्व नयाँ पिढीका खेलाडीले सम्हाल्नुपर्ने जनाउँदै आफूले कप्तानी छोड्नेतिर इशारा गरेका हुन् ।
चेन्नाईले लिगको आफ्नो अन्तिम खेलमा आइतबार किंग्स् इलेवन पञ्जावलाई ९ विकेटले पराजित गरेको थियो । १४ खेलमध्ये ६ खेलमा मात्र जित निकालेको चेन्नई १२ अंक बनाउँदै प्ले अफबाट बाहिरिएको हो ।