एजेन्सी– भारतको एक आवासीय विद्यालयमा पढाउँदै आएका एक नेपाली शिक्षकले आत्महत्या गरेका छन्। विद्यालयका ७ जना विद्यार्थीहरुले आफ्ना बरिष्ठ शिक्षकमाथि कुटपिटको आरोप लगाउँदै विद्यालयबाट भागेपछि सोही विद्यालका २५ वर्षका नेपाली शिक्षकले आत्महत्या गरेका हुन्।
भारतको देहरादुनमा रहेको बौद्ध विद्यालय शाक्य एकेडेमीबाट ७ जना विद्यार्थीहरु भागेपछि २५ वर्षका ती नेपाली शिक्षकले आफूलाई सो घटनाको दोषी भन्दै आत्महत्या गरेका हुन्।
सुसाइड नोटको आधारमा थप अनुसन्धान भइरहेको टाइम्स अफ इण्डियाले जनाएको छ।