काठमाडौं – हुण्डी कारोवारमा संलग्न तीन जना काठमाडौंमा पक्राउ परेका छन्। स्रोत नखुलेको एक करोड रूपैयाँसहित उनीहरुलाई सोमबार काठमाडौंको ओमबहालबाट पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले जनाएको छ।
पक्राउ पर्नेमा झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेल रहेका छन्।