काठमाडौं– नेपाली कांग्रेस पदाधिकारी बैठक आज पनि बस्ने भएको छ। मंगलबार दिउँसो बोलाइएको बैठकमा पार्टीको १४ औं महाधिवेशनबारे छलफल हुनेछ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने भएको छ। सोमबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षले दर्ता गराएको विरोधपत्रमा केन्द्रित भएर छलफल भएको थियो।