काठमाडौं – मंगलबार सुनको मूल्य ४ सय रुपैँयाले बढेको छ। सोमबार ९५ हजार रुपैयाँमा कारोवार भएको छापावाल सुनको मूल्य आज ९५ हजार ४ सय रुपैयाँ कायम भएको छ।
यस्तै सोमबार ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९४ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार, आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले बढेर प्रति तोला १ हजार २ सय १० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ५ रुपैयाँमा कायम भएको थियो।