विराटनगर– विराटनगरको न्युरो अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। न्युरो अस्पतालले सञ्चालन गरेको कोभिड–१९ अस्पतालमा मंगलबार बिहान दुई जनाको मृत्यु भएको हो।
मंगलबार बिहान ३ः३० बजे धरान–१५ का ६३ वर्षीय पुरुषको र ३ः५० मा विराटनगर– ११ का ४९ वर्षीय पुरुषको मृत्यु भएको हो।