एजेन्सी– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० को लिग चरणको अन्तिम खेलमा मंगलबार मुम्बई इन्डियन्स र सनराइजर्स् हैदराबाद भिड्दैछन् । खेल शारजाह क्रिकेट स्टेडियममा नेपाली समयानुसार बेलुका ७ः४५ बजे शुरु हुनेछ ।
लिगको शीर्षस्थानमा रहेको मुम्बईलाई हराउँदै हैदराबाद प्ले अफमा स्थान बनाउने दाउमा छ । पाँचौ स्थानमा रहेको हैदराबादले मुम्बईलाई पराजित गर्न सकेमा नेट रन रेटको आधारमा कोलकता नाइट्राइडर्सलाई पछि पार्दै प्ले अफमा स्थान पक्का गर्नेछ । आजको खेलमा हैदराबाद पराजित भएमा भने कोलकता प्ले अफमा पुग्नेछ ।
लिगको १४ खेलमध्ये ९ खेलमा जित निकालेको मुम्बईले यसअघि नै प्ले अफमा स्थान बनाइसकेको छ । मुम्बईको लागि आजको खेल प्रतिष्ठाको लडाँइमात्र हुनेछ । आइपीएलको हालसम्मको यात्रामा यी दुई टोली १५ खेलमा आमनेसामने भएका छन् । जसमध्ये मुम्बईले ८ खेलमा जित निकालेको छ भने हैदराबाद ७ खेलमा विजयी भएको छ ।