न्यूयोर्क – अमेरिकामा हतियारको बढेसँगै राष्ट्रपती चुनावमा हिसां र दगाँको आशंका व्यक्त गरिएको छ । अन्तिम चुनाव परिणाममा अनिश्चितताको कारण अमेरिकामा हिसांको स्थिति उत्पन्न भएको छ । मेल ब्यालेटका कारण केहि दिनसम्म मतगणना कार्य चल्न सक्ने अनुमान गरिएको छ । यसका कारण चुनावको परिणाम आउन ढिलोह हुन सक्छ ।
यस्तो स्थितीमा दुबै प्रमुख दलका समर्थकविच हिस्रंक प्रतिक्रिया सामुन्ने आउन सक्छ । एउटा सर्वेक्षणअनुसार चारमध्ये तीन अमेरिकी जनता चुनावको दिन हिसां हुन सक्नेमा चिन्तित छन् । यदि डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बिडेनले राष्ट्रपति डोनाल्ड ट्रंपलाई परास्त गरेको खण्डमा सत्ता हस्तांतरण शांतिपूर्ण हुनेमा चारमध्ये एक जनालाई मात्र भरोसा छ । यसका बावजुद, देशमा हतियारको खरीद र अश्वेत र श्वेतबीचको संघर्षले यो आशंकालाई अझ बढी बढावा दिएको छ ।
राज्यहरुमा नेशनल गार्ड तैनाथीको योजना
उता, मिलिट्री डट कमका अनुसार दश राज्यहरुले चुनावमा हिसांलाई मध्यनजर गर्दै नेशनल गार्ड तैनाथीको योजना बनाएको छ । जबकी अन्य १५ राज्ष्हरुले यसमाथी विचार गरिरहेका छन् । पूर्व राष्ट्रपती बाराक ओबामाको कार्यकालमा होमल्याण्डका पूर्व रक्षा सचिव जेह जोनसनले चुनावमा अशान्तीको आशंका व्यक्त गरेका छन् । उनले यसबारे चेतावनी नै दिएका छन् ।
सीबीएस नेटवर्कको एक कार्यक्रममा उनले मतदानको दौरान या त्यसपछि तनावको संभावनालाई नकार्न नसकिने बताए । उनले संघीय जाँच ब्यूरोले पनि चुनावमा तनाव हुनसक्नेप्रति ध्यान केन्द्रित गरेको दावी गरे ।
अमेरिकामा हतियारको बिक्री बढ्यो
अमेरिकामा राष्ट्रपती चुनावको समयमा हतियारको बिक्री बढेपछि विभिन्न प्रश्नहरु खडा भएका छन् । अमेरिकामा चुनावको बिचमा हतियारको बिक्रिमा तिव्रता आएको बताइएको छ । यतिमात्र होईन, २०१९ को तुलनामा यो वर्ष गोलीबारीको घटनामा पनि बढोत्तरी भएको छ । गतवर्षको तुलनामा गोलीबारीको घटनामा ६९ प्रतिशतले वृद्धि भएको छ ।
उता, रिटेल स्टोर चेन वॉलमार्टले बंदुकको खरिदमा प्रतिबन्ध लगाईदिएको छ । अनुमान यो छ की, चुनावको नतिजा चाहे जेसुकै होस अमेरिकामा हिसां हुने तय नै छ । सामाजिक सञ्जाल, खासगरी फेसबुकमा पनि चुनावको नतीजापश्चात हिसां हुने अनुमान लगाईदैछ । एजेन्सी