काठमाडौं – चर्चित र्यापर समीर लामा अर्थात् भिटेन पाटन उच्च अदालत पुगेका छन्। उनी आफूविरुद्ध प्रहरीले माग गरेबमोजिम पक्राउ पूर्जी जारी नगर्न माग गर्दै अदातलमा उपस्थित भएका हुन्।
उनको पछिलो समय युट्युबमा आएको ‘पारा’ नामक गीतमा अश्लिल शब्द प्रयोग भएको भन्दै प्रहरी कार्यालयले १५ कात्तिकमा अनुसन्धान गर्न साइबर ब्युरोलाई पत्राचार गरेको थियो ।
पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा मंगलबार निवेदन उपरको सुनवाइ सकिएको छ ।
प्रहरीले अनुसन्धान सुरु गरेपछि नेपालमा ट्रेन्डिङमा आएकाे उनकाे गीत उनले युट्युबमा प्राइभेट गरेका छन् ।