काठमाडाैं – पाटन उच्च अदालतले र्यापर समिर घिसिङ अर्थात् भिटेनलाई पक्राउ नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोका नाममा अन्तरिम आदेश जारी गरेको छ । त्यस्तै अदालतले प्रहरी प्रधान कार्यालय र ब्युरोलाई भिटेनमाथि अनुसन्धान गर्नुपर्ने कारणसमेत माग गरेको छ।
भिटेन आफूविरुद्ध प्रहरीले माग गरेबमोजिम पक्राउ पूर्जी जारी नगर्न माग गर्दै अदालत पुगेका थिए। भिटेनले प्रहरी प्रधान कार्यालय र साइबर ब्यूरोलाई विपक्षी बनाउँदै उच्च अदालत पाटनमा १६ कात्तिकमा निषेधाज्ञासम्बन्धि रिट निवेदन दर्ता गराएका थिए ।
उनको पछिलो समय युट्युबमा आएको ‘पारा’ नामक गीतमा अश्लिल शब्द प्रयोग भएको भन्दै प्रहरी कार्यालयले १५ कात्तिकमा अनुसन्धान गर्न साइबर ब्युरोलाई पत्राचार गरेको थियो ।
प्रहरीले अनुसन्धान सुरु गरेपछि नेपालमा ट्रेन्डिङमा आएकाे उनकाे गीत उनले युट्युबमा प्राइभेट गरेका छन् ।