एजेन्सी– भारतीय पत्रकार अर्नब गोस्वामी आत्महत्या दुरुत्साहनको मुद्दामा पक्राउ परेका छन्। रिपब्लिकन टेलिभिजनका प्रधान सम्पादकसमेत रहेका गोस्वामीलाई बुधबार मुम्बई प्रहरीले घरबाटै पक्राउ गरेको हो।
टेलिभिजनमा प्रहरीले अर्नबलाई भ्यानमा राख्दै गरेको देखिएको छ। तर हालसम्म प्रहरीले भने आधिकारिकरुपमा अर्नबलाई पक्रउ गरिएको जानकारी दिएको छैन।
रिपब्लिकन टेलिभिजनले पहिला नै बन्द भइसकेको मुद्दामा गोस्वामीलाई घर मै पुगेर हातपात गरि पक्राउ गरिएको आरोप लगाएको छ ।साथै गोस्वामीले आफ्ना सासु, ससुरा, छोरा र श्रीमतीमाथि पनि प्रहरीले हातपात गरेको आरोप लगाएका छन् ।
गोस्वामीमाथि सन् २०१८ मा एक इन्टेरियर डिजाइनर र उनकी आमाको आत्महत्यामा दुरुत्साहन गरेको आरोप छ ।