काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई पार्टी एकता जोगाउन आग्रह गरेकी छिन्।
मंगलबार साँझ गौतमलाई शितल निवासमा डाकेर उनले पहिला पनि पार्टी एकता जोगाउँदै आएको र अब पनि लाग्नुपर्ने बताएकी हुन्।
राष्ट्रपति भण्डारीसँग आधा घण्टाको संवादमा उपाध्यक्ष गौतमले पार्टी एकताको लागि आफुले सक्दाे पहल गर्ने बताए।