एजेन्सी– युईएफए च्यापियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिडले इटालियन क्लब इन्टर मिलानलाई पराजित गरेको छ। मंगलबार राति भएको खेलमा रियलले इन्टरलाई ३–२ गोलले हराएको हो।
खेलको २५ औं मिनेटमा करीम बेन्जेमाको गोलमा शुरुवाती अग्रता बनाएको रियलले ३३ औं मिनेटमा सर्जियो रामोसको गोलमा अग्रता दोब्ब्र बनाएको थियो। तर खेलको ३५ औं मिनेटमा इन्टरका लौटारो मार्टिनेजले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काए।
दोस्रो हाफको ६८ औं मिनेटमा इन्टरले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्यायो। उसको लागि इभान पेरिसिचले गोल गरेका थिए। रोमाञ्चक खेलको ८० औं मिनेटमा रियलले रोड्रीगो गोएसको गोलमा पुनः अग्रता बनाउन सफल भयो। त्यसपछि खेलमा थप खेल ननिस्कँदा रियलले च्याम्पियन्स लिगको जारी सिजनमा पहिलो जित दर्ता गर्यो।