काठमाडौं– नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र परराष्ट्र सचिव भरतराज पौड्यालबिच भेटवार्ता भएको छ । भारतीय प्रधान सेनापति काठमाडौं आउनु भन्दा केही घन्टा अगाडि वुधबार विहान राजदूत क्वात्राले पौड्यालसँग भेट गरेका हुन् ।
भेटवार्ताको बारेमा क्वात्राले ट्विटरमार्फत जानकारी दिएका छन। उनले लेखेका छन, ‘परराष्ट्र सचिव भरतराज पौड्यालजीसँग न्यानो भेट भयो । हामीबिच भारत–नेपाल सहकार्यमा भइरहेको ठोस प्रगतीबारे सकारात्मक छलफल भयो ।’
परराष्ट्र मन्त्रालयको सचिव बनेकोमा पौड्याललाई राजदूत क्वात्राले बधाईसमेत दिएका थिए ।