काठमाडौं– कोरोना संक्रमणबाट बच्न रोग प्रतिरोधात्मक क्षमता बढाइराख्नु सबैको लागि आवश्यक छ। जाडो मौसम शुरु भएसँगै मानव शरीरमा विभिन्न भाइरसलेसमेत आक्रमण गर्ने स्वास्थ्यविदहरु बताउँछन्। यस्तो अवस्थामा रोग लाग्न नदिन शरीरको इम्युनिटी पावर बलियो बनाउनुपर्छ। यहाँ हामी केहि फलफूलबारे चर्चा गर्दछौँ जुसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछन्।
१. अम्बा
अम्बामा प्रशस्त मात्रामा भिटामिन सी र एन्टीअक्सिडेन्ट पाइन्छ। यसमा पाइने तत्वले शरीरलाई इनफेकशन हुनबाट बचाउँछ। अम्बामा हुने फाइबर मुटु र ब्लड सुगरको लागि राम्रो मानिन्छ।
२. नासपति
जाडो मौसमा नासपति धेरैले रुचाउने फल हो। नासपति खानमा जति स्वादिलो छ यसको जुस शरीरको लागि उति नै फाइदाजनक छ। यसमा भिटामिन इ र सी पाइन्छ।
३. सुन्तला
सुन्ता भिटामिन र क्याल्सियमको राम्रो स्रोत हो। यसले मौसमी संक्रमणबाट बच्न मद्धत गर्दछ। यसले शरीरलाई भित्रैबाट बलियो बनाउँछ।
४. स्याउ
स्याउमा फाइबर, भिटामिन सी र के पाइन्छ। स्याउ खानाले शरीरमा हुने विभिन्न इन्फेकशनबाट जोगिन सकिन्छ। यसले रोग प्रतिरोधात्मक क्षमता वुद्धि गर्छ।
५. अनार
अनारको सेवनले रक्त चाप सन्तुलित हुन्छ भने मुटु, र छालाको लागि पनि यो फाइदाजनक मानिन्छ।