ललितपुर– आफ्नै सहकर्मीको हत्या गरी फरार अभियुक्तलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप खाडाँदेवी गाउँपालिका –५ का ४७ वर्षीय ध्रुब भनिने मानकाजी श्रेष्ठ रहेका छन्।
प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले श्रेष्ठलाई ललितपुरको थसिखेलबाट बुधबार पक्राउ गरेको हो। श्रेष्ठले २०५४ साल कार्तिकमा काठमाडौंको जयबागेश्वरीमा काभ्रेको पनौतीका श्याम खड्काको हत्या गरेका थिए।
हत्यामा संलग्न भई फरार रहेको श्रेष्ठविरुद्ध काठमाडौं जिल्ला अदालतबाट २०७४ कात्तिक २८ गते पक्राउ पुर्जी जारी भएको थियो। आवश्यक कारवाहीका लागि उनलाई जिल्ला अदाालत काठमाडौंमा पेश गरिएको ब्यूरोले जनाएको छ।