एजेन्सी– अक्षय कुमार–कट्रिना कैफ अभिनित ‘सूर्यवंशी’ र रणवीर सिंह–दिपीका पादुकोणको मूख्य भूमिका रहेको ‘८३’ बलिउडका बहुप्रतिक्षित फिल्महरु हुन्। तर कोरोना कहरका कारण यी दुई फिल्म रिलिज हुन सकेका छैनन्।
अवस्था सामान्य हुन नसकेपछि बनिसकेका यी दुई फिल्म हलमा प्रदर्शन हुन सकिरहेका छैनन्। यसैबिच यी फिल्महरुको रिलिज सन् २०२० मा सम्भव नहुने बताइएको छ।
एक अन्तवार्तामा रिलायन्स इन्टरटेनमेन्टका ग्रुप सीइओले दुबै फिल्म २०२१ मा रिलिज हुने बताएका छन्। यी दुई ठूला चलचित्र रिलायन्स इन्टरटेनमेन्टको प्रोडक्सनमा बनेकाे हाे।