संयुक्त राज्य अमेरिकामा राष्ट्रपतीय चुनावको मतगणना जारी रहँदा जो बाइडेनले महत्त्वपूर्ण अग्रता देखिएको छ।
यो समाचार तयार पार्दासम्म मिसिगन, विस्कन्सिन र एरिजोनामा ९९ प्रतिशत मतगणना सम्पन्न हुँदा तीनै राज्यमा बाइडेनले अग्रता लिएका छन्।
मिसिगनमा १६, विस्कन्सिनमा १० इलेक्टरल र एरिजोनाको ११ इलेक्टोरल वाइडेनले प्राप्त गर्ने निश्चित जस्तै भएको छ।
अहिलेसम्म मतदान सम्पन्न भएका राज्यहरूबाट वाइडेनले २ सय ६४ इलेक्टोरल भोट प्राप्त गरेका छन्। वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले २ सय १४ इलेक्टोरल भोट पाएका छन्।
अहिलेसम्म आएको कुल परिणाममा वाइडेनले ५० दशमलव ४ प्रतिशत अर्थात ७ करोड २१ लाख ३६ हजार ५ सय ८९ र ट्रम्पले ६ करोड ८६ लाख ४९ हजार ९४७ मत प्राप्त गरेका छन्।