काठमाडौं – हास्यकलाकार मनोज गजुरेलको कोरोना भाइरसको कारण स्वास्थ्य अवस्था गम्भिर बनेपछि उनलाई आइसीयूमा भर्ना गरिएको छ ।
घरमै बसेर कोरोनाको उपचार गराइरहेका गजुरेलको गत बुधबारदेखि स्वास्थ्यमा जटिल समस्या देखिएपछि बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको हो ।
गत कार्तिक १० गते गजुरेलले सामाजिक सञ्जालमार्फत आफू कोरोना संक्रमित भएको बताएका थिए । लगतै उनले यसअघि सामान्य लक्षण देखिएको र घरमै बसेर काेराेनाकाे उपचार गराइरहेकाे जानकारी दिएका थिए ।