काठमाडौं– संसदको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरसको परीक्षण र उपचार निःशुल्क गर्न सरकारलाई निर्देशन दिएको छ।
शुक्रबार भर्चुअल माध्यमबाट बसेको समितिको बैठकले अन्य क्षेत्रको बजेट घटाएर भएपनि कोरोना परीक्षण र उपचार निःशुल्क गर्न निर्देशन दिएको हो।
त्यस्तै समितिले कोरोना परीक्षण र उपचारमा सरकारले तोकेकोभन्दा बढी शुल्क लिने अस्पताललाई कारवाही गर्न पनि निर्देशन दिएको छ।