काठमाडौं – चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गाबाट स्रोत नखुलेको ४० लाख रुपैयाँ नगदसहित एक जना पक्राउ परेका छन् । शुक्रबार बिहान नवलपरासी (पश्चिम) पाल्हीनन्दन गाउँपालिका–२ का ४० वर्षीय व्यास गुप्तालाई महानगरीय प्रहरी प्रभाग, नागढुंगाको टोलीले पक्राउ गरेको हो ।
बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ख ८६५२ नम्बरको यात्रुबाहक चेकजाँच गर्ने क्रममा गुप्ताको साथमा रहेको झोला र कम्मरपेटीमा लुकाइ राखेको १ हजार दरका ४ हजार वटा नोट फेला परेको हो। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।