एजेन्सी– अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना सकिन लाग्दा रिपब्लिकन पार्टीका उम्मेदवार एवं डोनाल्ड ट्रम्प पराजित हुने सम्भावना देखिएको छ ।
१६ इलोक्टरल कलेज भोट रहेको जर्जीयामा उनका विपक्षी उम्मेदवार जो बाइडेनले करिब १५ सय मतले विजयी हासिल गरेको अमेरिकी समाचार माध्यमहरुले जानकारी दिएका छन्।
त्यहाँ करिब ९९ प्रतिशत मतगणना भइसकेको छ। जर्जियामा पराजित भएसँगै ट्रम्प दोस्रो कार्यकालका लागि ह्वाइट हाउस पुग्ने सम्भावना निकै थोरै अमेरिकी सञ्चार माध्यमहरूले जानकारी दिएका छन्।
राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक पर्ने कम्तिमा २७० इलेक्टोरल कलेज भोटमध्ये बाइडनको पक्षमा २६४ इलेक्टरल कलेज मत देखिएको छ। ट्रम्पको पक्षमा २१४ छ।
जर्जियामा जिते उनको इलेक्टोरल कलेज भोट संख्या २८० पुग्नेछ । बाइडेनले ६ इलेक्टोरल भोट रहेको नेभाडामा पनि अग्रता बनाइरहेका छन् ।
अन्तिम मतपरिणाम आउन बाँकी राज्य मध्ये बाइडेनले नेभडा ९६० र जर्जियामा ९१६० अग्रता बनाएका छन् भने तीन राज्य पेन्सिल्भेनिया ९२००, नर्थक्यारोलिना ९१५० र अलास्का ९३० मा ट्रम्पले अग्रता बनाएका छन् ।