काठमाडौं– लामो समयसम्म प्रशिक्षणविहीन रहेको नेपाली क्रिकेट टोली छठलगत्तै प्रशिक्षणमा फर्किने भएको छ। कोरोना कहरका कारण आठ महिनादेखि प्रशिक्षणविहीन क्रिकेट टिमले मंसिर दोस्रो सातादेखि प्रशिक्षण शुरु गर्न लागेको हो।
यसअघि भदौ १ गतेदेखि प्रशिक्षण थाल्ने तयारी भएको थियो तर बढ्दो कोरोना संक्रमणलाई दृष्टिगत गर्दै स्थगन गरिएको थियो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) लाई प्रशिक्षणको अनुमति दिएसँगै क्यानले खेलाडीलाई तयार रहन सुचित गराएको छ।
प्रशिक्षण थाल्नुअघि खेलाडीको स्वाब परीक्षण गरीने तथा प्रशिक्षण दौरान आवश्यक परेमा खेलाडीलाई बस्ने व्यवस्था मिलाइने क्यानले जनाएको छ।