काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सचिवालय सदस्यले आज केपी शर्मा ओलीलाई भेट्दै छन् । ओलीसँग भेट गर्नुअघि उनीहरु धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा अनौपचारिक छलफलमा जुटेका छन् ।
धुम्बाराहीको छलफल सकिएपछि बालुवाटारस्थित प्रधानमन्त्री सरकारी निवासमा पुगेर ओलीसँग छलफल गर्ने एक नेताले बताए।
सचिवालयका नौमध्ये पाँच नेता प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी शुक्रबारको अनौपचारिक बैठकले ओलीलाई भेटेर सचिवालयको औपचारिक बैठक बोलाउन सामूहिक आग्रह गर्ने निष्कर्ष निकालेको थियो ।
कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको शुक्रबारको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँगै सचिवालय सदस्यहरु ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा बादल सहभागी भएका थिएनन् ।